काठमाडौंको वायु प्रदूषणमा केही सुधार, प्रदूषित सहरको आठौं स्थानमा

काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा आज केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबर १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएकोमा आज १ सय ६५ एक्यूआईमा झरेको हो ।

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here