एनटीसीको आयमा ओटीटीको प्रभाव, १४ प्रतिशतले घट्यो नाफा

काठमाडौं । चालु आर्थिक बर्षमा दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नाफा १४ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताएको हो ।

यो गत आवको सोही अवधिको तुलनामा २८ करोड ७८ लाख रुपैयाँ अर्थात १४ दशमलव २० प्रतिशतले कम हो । गत आवको सो अवधिमा टेलिकमले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यस्तै यस अवधिमा टेलिकमको कुल आयमा पनि ५८ करोड ५० लाख अर्थात ५ शमलव ४९ प्रतिशतको गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको आय १० अर्ब ६४ करोड थियो । जुन चालु आवको सोही अवधिमा जम्मा १० अर्ब ६ करोड रुपैयाँमा झरेको छ ।

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा कमी आएको बताएको छ । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस एसएमए सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here