पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here