काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका ४ बस्दै आएका लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो