काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेसले मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने समेत निर्णय गरेको छ । त्यस्तै स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने जानकारी दिएको छ ।
नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो । पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते फ्रन्टलाइन अस्पताल काठमाडौंमा निधन भएको थियो ।