सुनको उकालो यात्रा कायमै, प्रतितोला १ हजारले बढ्यो

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको हो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बुधबार र बिहीबार चाँदी समान प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here