अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

काठमाडौं । अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने बारे प्रक्रिया अघि बढाइएको छ ।

बिहीबार संसदको तल्लो सदनमा पेस गरिएको एक विधेयकमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । सो प्रस्ताव स्वीकार भएको अवस्थमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा बन्देज लाग्नेछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार त्यहाँका बालबालिकालाई टिकटक, फेसबुक, एक्स र इन्टाग्रामा प्रतिबन्ध लगाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here