उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बोर्ड बैठकले विद्युत् नियमन आयोगको निर्देशन पालना गर्दै तत्काल लाइन नकाट्ने निर्णय गरेको हो।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डको यस्तो निर्णय आएको हो ।

सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।

१५ दिनको अवधि बुधबार सकिँदैछ। तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिएसँगै समितिले पनि लाइन नकाट्ने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here