काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ३८ दशमलव ८१ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड ७१ लाख ८३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये वित्त बाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।
बुधबार कारोबारमा आएका ४० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।