घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ असोज । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ७० हजार ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

मंगलवार ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार १ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि १ सय रुपैयाँले कमी आएको छ । मंगलवार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मूल्य बुधवार ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

मंगलवार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार ८ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here