काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजायको फैसला गरेको छ।
अदालतले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन फैसला गरेको हो।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।
अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग लागेपछी अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।