काठमाडौं। नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।
खेलमा चितवन राइनोजका सोहेल तनविर एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।
तनविरले चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् ।