काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल ९ बजे र दोस्रो खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो ।
पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ । यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् ।
उता पहिलो खेलमा विराटनगर जनकपुरसँग पराजित भएको थियो । विराटनगर पहिलो जितको खोजीमा हुनेछ । सुदूरपश्चिम भने उत्कृष्ट सुरुवातका लागि भिड्नेछ ।