आन्तरिक उडानमा हवाई कम्पनीले बढाए भाडा, कुन गन्तब्यमा कति बढ्यो ?

काठमाडौं । आन्तरिक उडानमा हवाई कम्पनीहरुले भाडा बढाएका छन् । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो। हवाई इन्धनको साविक मूल्य १२६ रुपैंयाँ भएकोमा निगमले २ रुपैयाँ प्रतिलिटर बढाएको हो । यससँगै आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको छ। प्राधिकरणले बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरलाइन्सलाई मंगलबार पत्राचार गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ। काठमाडौँ धनगढी ९० रुपैयाँ, काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here