काठमाडौं । सर्वोच्च अदालतले काेशि प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको इजलासले कानुन बमोजिम गर्न आदेश गरेको हो । गत १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने माग सहित निवेदन दायर गरेका थिए ।
उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै जापान मा भएको कार्यक्रममा लगेको आरोप लागेको थियो ।