काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टले यस्तो देखाएको हो । यो रकम गत आवको यसै अवधिको तुलनामा ९ दशमलव १ प्रतिशतले बढी हो । कात्तिक महिनामा १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।