काठमाडौं । काठमाडौंको दिनदिनै चसाे बढ्न थालेकाे छ । हिजो न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४
कायम भएको जल तथा मौसम बिभागले जनाएको छ ।
यो यस वर्षको हिउँदयामकाे अहिलेसम्मकै जाडो हो ।
आज काठमाडौं उपत्यका तथा तराईका बिभिन्न जिल्लामा हुस्सु लागेकाे छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहान पौने ६ बजेदेखि देशभर आंशिक बदली छ ।