काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुगेका छन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन् ।
यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै नेपाल आउन चाहेको बताएका थिए । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।