काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका हुन् ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए ।
प्रधानमन्त्री ओलीले, ‘दुई चार वर्षअघि सम्म यो शब्दै पन सुन्न नसकिने कुराअहिले हामिले नै प्रयोग गर्न पाउँदा खुसी लागेको बताए ।इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ ।
उनले कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको भन्दै देश जहाँको त्यही नभएको पनि बताए । ‘यो त कल्पनै गर्न गाह्रो थियो जुन ललितपुर महानगरले शुरु गर्याे ।’ यसले हामी अघि बढिसकेकाे पुष्टि गरेकाे जानकारी उनले दिए ।