लामिछानेको हिरासतमा रहेकाे तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको प्रहरीको हिरासतमा रहेका तस्बिर सार्वजनिक भएको विषयलाई छानविन गरी कारबाहीमा गर्न निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देशन गरेको हो । मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here