काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि आज साँझ उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट रिहा भएका हुन् ।
रिहा भएसँगै उनले सञ्चारकर्मीसँगउनले अदालतले न्याय दिएको बताए । साे अवसरमा प्रसाईं हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको भन्दै धन्यवाद दिए ।
उनले तस्करहरू विरुद्धको लडाईं जारी राख्ने चेतावनीसमेत दिए ।