काठमाडौं। मुग्लिङ-नौबिसे सडकखण्ड आज देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।
पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले साे सडकखण्ड तीन घण्टाकाे लागि बन्द गर्न लागिएको हाे। सडक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुने छ।
जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे ।
सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ ।