सहकारीमा व्यक्तिगत बचत र ऋणको अधिकतम सीमा ५० लाख रुपैयाँ

काठमाडौं । सरकारले सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकेको छ । यससँगै अब सदस्यले बढीमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाउने व्यवस्था छ ।

सरकारले एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा ५० लाख रूपैयाँ सम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा २५ लाख लाख रूपैया सम्म कारोबार गर्न सक्नेछन् ।

बढीमा एक जिल्ला भित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थामा १० लाख लाख रूपैयाँसम्म सीमा कायम गरिएको छ । सरकारले अध्यादेश प्रारम्भ हुँदाको बखत कायम रहेको ब्यक्तिगत बचतलाई उल्लिखित सीमा भित्र ल्याउन सरकारले दुई वर्षको म्याद दिएको छ ।

अध्यायदेशका अनुसार सहकारी संस्थाको प्राथमिक पूँजीकोषको १५ प्रतिशत भन्दा बढी रकम ऋण प्रवाह गर्न सकिने छैन । त्यस्तै सदस्यले सहकारी संस्थामा दश लाख रुपैयाँ भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनु पर्ने समेत अध्यायदेशमा उल्लेख छ ।

सदस्यले स्रोत नखुलाएको अवसथामा भने सो रकम सहकारी संस्थाले स्वीकार नगर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here