अजरबैजान एयरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

काठमाडौं । कजाकिस्तानको अक्ताउमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । जहाजमा ६७ जना यात्रु सवार रहेको अन्तरराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् ।दुर्घटनाको कारण खुल्न सकेको छैन । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य रहेको यातायात मन्त्रालयले जनाएको छ ।

अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई डाइभर्ट गरिएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here