काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।
अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरको आइतबार निधन भएको थियो ।
राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको बताएका छन् ।