उकालाे लाग्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउले केहिदिन यता उकालाे यात्रा तय गरेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ५१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।