काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण विभिन्न राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरिएको हो । हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् ।
हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएको अन्तरराष्टिय सञ्चार माका छन् । प्रशासनले पनि सडक प्रयोग नगर्न चेतावनी दिएको बताइएको छ ।
हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपातबाट कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ ।
मौसमविद्हरू वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना रहेको बताउँछन् ।