बढ्याे सार्वजनिक यातायातकाे भाडा, यस्ताे छ दर

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएकाे छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो।

सोमबारदेखि लागू हुनेगरी तय गरिएको नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ०.८१ प्रतिशत र तराईका मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको छ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा बढाउने निर्णय लिइएको बताइएको छ।
Bhada-1736163432