काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा ६२ जना घाइते भएका छन् ।
यसैबीच चीनका राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
उनले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन समेत दिएका छन् ।
साथै सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।
आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपाल, भारत तथा भुटानका केही जिल्लामा समेत महस्ुस गरिएको थियो ।