शितलहरका कारण पश्चिम नवलपरासी र बुटबलका विद्यालय बन्द

काठमाडौं । केही दिनअघि देखि शितलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ । विशेष गरी पूर्व(पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । यसैबीच शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।

तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा दिएको हो । बर्दघाट नगरपालिकाले पनि पुस २४ देखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here