काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्ब सापकोटा अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेकाे भन्दै पक्राउ गरिएको थियोे ।
उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियार कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।
सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।