काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका३ जना धरौटी बुझाएर छुटेका छन् ।
आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका छन्।