बक्यौता रकम चुक्ता गरेपछि सुबिसुकाे लाइसेन्स नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक्यौता रकम चुक्ता गरेको छ। कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको ३१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेकाे हाे । यससँगै आगामी ५ बर्षका लागि इमेलसहितको इन्टरनेट सेवाको लाइसेन्स पनि नविकरण भएको छ।

कम्पनीले रोयल्टी अन्तर्गत १७ करोड ४८ लाख रुपैयाँ र आरटीडीएफ बापत १३ करोड ८९ लाख रुपैयाँ तिरेपछि बिहीबारदेखि लागू हुने गरी आगामी ५ बर्षका लागि लाइसेन्स नविकरण भएको हो ।

बक्यौता नबुझाएकै कारण कम्पनीको लाइसेन्स नवीकरण रोकिएको थियो।
सुबिसुसहितका इन्टरनेट सेवा प्रदायकहरूले यसअघि उक्त रकम मर्मत(सम्भारको शीर्षकमा कर लगाइएको भन्दै तिर्न अस्वीकार गरेका हुन्।

दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार, दूरसञ्चार सेवाबाट भएको कुल आम्दानीको ४ प्रतिशत रोयल्टी नेपाल सरकारलाई बुझाउनुपर्ने प्रावधान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here