कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाकाे कुराकानी, विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

परराष्ट्र मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्तामा गरेकि हुन् । कुराकानीमा मन्त्री राणाले नेपाली विद्यार्थी विपिन जोशीकाे रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्रीकाे सचिवालयले जानकारी दिएको छ।

गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्तकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्ने तय भएको अवस्थामा यस्ताे कुराकानी भएको हाे।

मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here