सवारी साधनकाे प्रदुषण मापनमा महानगरले शुरु गर्याे निगरानी

यस्ताे छ मापदण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत यस्ताे जानकारी दिएका हुन्। उनले सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरी कार्यान्वयनमा ल्याएको छ। यस अन्तर्गत सवारी साधनको प्रदुषण मापनका लागि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि फरक सूचक तोकिएको छ।

सन् १९८० सम्म उत्पादन भएका पेट्रोल इन्जिन सवारी साधनका लागि कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) र सन् १९८१ पछि उत्पादन भएका सवारी साधनका लागि अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्ने छ।

यसैगरी, तीन पाङ्ग्रे सवारी साधनको हकमा सन् १९९१ सम्म उत्पादन भएकामा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत र दुई पाङ्ग्रे सवारी साधनका लागि पनि यही मापदण्ड लागू गरिएको छ। जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुने उनले बताएका छन् ।

यस्ताे छ बालेनकाे स्ट्याटस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here