काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाइ ५३ रनकाे लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट हुदा सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए ।