युद्धविराम सफल नभए फेरि युद्ध सुरु गर्ने इजरायलि प्रधानमन्त्रीको चेतावनी

रकाठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी दिएका छन् । पहिलो चरणको युद्धविराम सुरु हुनुअघि टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले यस्ताे चेतावनी दिएका हुन् ।

उनले युद्धविराम सम्झौताको उल्लंघन कुनै पनि हालतमा सैह्य नहुने समेत बताए । आज देखी युद्धविराम कार्यान्वयनमा आउने भन्दै सम्बोधनको क्रममा नेतन्याहुले अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प समेत आफुहरुको पक्षमा रहेको बताए ।

१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ ।

पहिलो चरण आज १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।

त्यस्तै दोस्रो चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति छ । तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here