फेब्रुअरी २८मा पृथ्वीबाट देखिनेछन् सातै ग्रह एकैसाथ

काठमाडौं । पृथ्वीबाट फेब्रुअरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको छ । २८ को रातमा बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरि सात वटा ग्रह देखिने भएको हाे।

यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।

जसमध्य बुध, शुक्र,मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ। तर अरुण र बरुण ग्रह भने टेलिस्कोप प्रयोग गरेर हेर्नुपर्ने छ।

पृथ्वीबाट ग्रहहरू फेब्रुअरीको अन्त्यसम्म देखिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here