ट्रम्पको सपथ लगत्तै चिनियाँ र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ ।

दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई ुअझै उचाइमाु पुर्‍याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् । पुटिनले रुस र चीनले बाह्य दबाबको बाबजुद मित्रता, आपसी विश्वास र समर्थनको आधारमा सम्बन्ध निर्माण गरिरहेको बताए । सीले पुटिनलाई रणनीतिक समन्वयलाई गहिरो बनाउन, आपसी समर्थनलाई सुदृढ गर्न र वैध हितको रक्षा गर्नु आह्वान गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको पदभार ग्रहणलगत्तै ट्रम्पले चीन दुरुपयोगकर्ता भएको बताउँदै कर लगाउने चेतावनी दिएका थिए । रुसले युक्रेन युद्ध अन्त्य गर्न सम्झौता नगरे ुठूलो समस्याु आउने ट्रम्पको भनाइ छ ।

विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले सीसँगको भिडियो कुराकानीमा युक्रेन मामिलामा रूसको पनि हित हुने अवस्थामा मात्र सम्झौता हुने बताएका थिए ।

चीनले युक्रेनमा युद्धका लागि महत्वपूर्ण सहयोग गर्दै आएको पश्चिमा देशहरूको आरोप छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि दुवै देशबीचको व्यापार सन् २०२३ मा २ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको छ ।

यो सन् २०२१ यताको ६४ प्रतिशतले बढी हो । ट्रम्प प्रशासनले चासो देखाएको खण्डमा पुटिन र सीले अमेरिकासँग पारस्परिक लाभकारी र सम्मानजनक आधारमा सम्बन्ध निर्माण गर्न तयार रहेको पुष्टि गरेका छन्, उशाकोभले भने । उनले ट्रम्पको सत्तारोहरणसँग सम्बन्धित नभएको उनको दाबी छ ।

करिब डेढ घण्टासम्म चलेको भिडियो कुराकानीका क्रममा दुई नेताबीच पश्चिम एसिया, दक्षिण कोरिया र ताइवानको पछिल्लो अवस्थाबारे पनि छलफल गरेका उशाकोभको भनाइ छ ।

चिनियाँ राष्ट्रपति सीले गत साता ट्रम्पसँग टेलिफोन कुराकानी गरेका थिए । उक्त कुराकानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशका लागि धेरै राम्रो छलफलका रूपमा व्याख्या गरेका थिए ।

पुटिनले भने ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि कुराकारी गरेका छैनन् । तर शपथग्रहण समारोहअघि भने उनले ट्रम्पलाई बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here