काठमाडौं । साताका अन्तिम काराेबारकाे दिन सुन ताेलामा १ हजार रुपैयाँले बढेकाे छ। अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ। अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ ।























