पृथ्वीको नजिकबाट जादै छ ग्रह , जाेखिम कति!

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो क्षुद्रग्रह (एस्टेरोइड) आज पृथ्वीको नजिकबाट जाने जानकारी दिएको छ । ‘२०२५ बीके’ नामको यो क्षुद्रग्रह नेपाली समय अनुसार राति ९:३९ बजे पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने बताइएको हाे ।

आकारमा १६० फिटकाे क्षुद्रग्रह ३७ हजार ५८३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अन्तरिक्षमा गुडिरहेको नासाले जनाएको । याे पृथ्वीबाट लगभग ५९ लाख किलोमिटर टाढाबाट जानेछ ।

यसको आकार ठूलो भएकाले यदि पृथ्वीमा ठोक्किए ठूलो क्षति पुग्नसक्ने बताइएको छ ।

नासाका अनुसार यस क्षुद्रग्रहले पृथ्वीमा आणविक विस्फोट बराबरको ऊर्जा उत्पन्न गर्न सक्छ । तत्काल पृथ्वीलाई कुनै खतरा नरहेपनि भविष्यमा पार्न सक्ने जोखिम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here