काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०।६१ अंक घटेको छ । आज सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको हो । बजारको परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको नेप्सेले जानकारी दिएको छ। अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भएको हो।
आज १०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रहेको छ। फाइनान्स ३।४६ प्रतिशत बढेको छ । त्यस्तै विकाश बैंक ०।७२, हाइड्रोपावर ०।३५, उत्पादन ०।६७, माइक्रोफाइनान्स ०।०४ प्रतिशत बढेका छन् । व्यापार १।८३, अन्य १।६६, निर्जीवन बीमा ०।६७, जीवन बीमा १।१०, लगानी ०।७७, होटल तथा पर्यटन ०।५१ तथा बैंकिङ ०।५५ प्रतिशत घटेका छन् ।
न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
सप्तकोशी विकास बैंकको ८।४, उपकार लघुवित्तको ६।५, धौलागिरि लघुवित्तको ५।८, नेपाल हाइड्रो डेभलपर्सको ५।४ तथा स्वाभिमान लघुवित्तको मूल्य ४।३ प्रतिशत घटेको छ।