काठमाडौं । सरकारले आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने गरी नागरिकता ऐन संशोधन विधेयक ल्याएको छ । गृह मन्त्रालयले संसद्मा लगेको विधेयकमा यस्तो व्यवस्था छ ।
प्रस्तावित विधेयकको दफा ४ मा नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्ने उल्लेख गरिएको छ।
सरकारले कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको अवस्थामा निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।