अमेजनका प्रमुख बेजोश विश्वकै धनी, विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

काठमाडौं, २२ फागुन । यस अमेरिकी अनलाइन सपिङ कम्पनी एमजनका संस्थापक जेफ बेजोश विश्वको सर्वाधिक धनी बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्छ । सन् २०१९ का लागि सार्वजनिक धनाढ्य सूचीमा १ खर्ब ३१ अर्ब डलर सम्पत्तिसहित बेजोश पहिलो स्थानमा रहेका छन् । फोब्र्सका अनुसार उनको सम्पत्ति गत वर्षभन्दा १९ अर्ब डलरले बढ्यो । यो वर्ष फोब्र्समा सूचीकृत धनाढ्य व्यक्तिको कुल सम्पत्ति ८ दशमलव ७ ट्रिलियन डलर देखिएको छ । यस वर्ष कूल सम्पत्ति भने घटेको देखिएको छ । गत वर्ष भन्दा यस वर्ष ४० करोडले सम्पत्ति घटेको पत्रिकाले उल्लेख गरेको छ । यस वर्ष धनाढ्य सूचीबाट ५५ जना आउट भए ।

अर्बपतिको दोस्रो स्थानमा प्रविधि कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स रहेका छन् । उनीसँग ९६ अर्ब ५० करोड डलरको सम्पत्ति छ । उनको सम्पत्ति गत वर्षको तुलनामा ६ अर्ब ५० डलरले वृद्धि भएको पत्रिकाले उल्लेख गरेको छ । अमेरिकी बहुराष्ट्रिय कङ्ग्लोमेरेट कम्पनी वर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत वारेन वफेट विश्वको तेस्रा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति गत वर्षको तुलनामा डेढ अर्ब डलरले घटेको छ । अहिले उनीसँग ८२ अर्ब ५० करोड डलर रहेको फोब्र्सले उल्लेख गरेको छ । फ्रान्सको लक्जरी ब्राण्ड एलभिएमएसका प्रमुख कार्यकारी बर्नाड आर्नाेल्ट ७६ अर्ब डलर सम्पत्तिसहित चौथो स्थानमा छन् ।

 

भारतका धनी अम्बानी
रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति देखिएका छन् । विश्वव्यापी धनाढ्य सूचीमा १३औं स्थानमा रहेका अम्दानी भारतका भने पहिलो धनी व्यक्ति हुन् । १ सय ६ भारतीय अर्बपति सूचिमा अटाएका छन् । अम्बानी धनाढ्य सूचीमा पनि गत वर्षको तुलनामा ६ स्थान माथि आए । उनीसँग अहिले ५० अर्ब डलर सम्पत्ति छ । उनका भाई अनिल अम्बानी पनि धनाढ्य सूचिमा छन् । उनी विश्वव्यापी सूचिको १३ सय ३९औं स्थानमा छन् ।

विनोद चौधरीको फड्को
विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन् । यस सूचिमा १३ सय ४९औं स्थानमा उनी छन् । चौधरी गत वर्षको तुलनामा २ सय १२ स्थान माथि उक्लिए । गतवर्ष उनी १५ सय ६१औं स्थानमा थिए । उनले यस वर्ष २० करोड डलर सम्पत्ति थप कमाएको फोब्र्सले उल्लेख गरेको छ । चौधरीसँग एक अर्ब ७० करोड डलर सम्पत्ति छ ।

 

विश्वका १० धनी व्यक्ति

१. जेफ बेजोश
प्रमुख, एमजन
१ खर्ब ३१ अर्ब डलर

२. विल गेट्स
सह–संस्थापक, माइक्रोसफ्ट
९६ अर्ब ५० करोड डलर

३. वारेन बफेट
सिइओ, वर्कशायर हाथवे
२ अर्ब ५० करोड डलर

४. बर्नाड अर्नोल्ट
अध्यक्ष एवं सिइओ, एलभिएमएच
७६ अर्ब डलर

 

५. कार्लोस स्लिम 
सिइओ, टेलमेक्स, अमेरिका मोभिल
६४ अर्ब डलर

 

६. अमान्सियो ओर्टेगा
सह–संस्थापक, जारा फेशन
६२ अर्ब ७० करोड डलर

७. ल्यारी इलिशन
सह–संस्थापक, ओ¥याकल
६२ अर्ब ५० करोड डलर

८. मार्क जुकरवर्ग
संस्थापक, फेसबुक
६२ अर्ब ३० करोड डलर

९. माइकल ब्लुमवर्ग
सह–संस्थापक, ब्लुमवर्ग
५५ अर्ब ५० करोड डलर

१०. ल्यारी पेज
सह–संस्थापक, गुगल
५० अर्ब ८० करोड डलर

तस्वीर : फोब्र्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here