काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई कारबाही गरेको छ ।
महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।
श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको छ ।