काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अमेरिकी अर्थतन्त्रको वृद्धिदर सुस्ताउदा अन्तर्राष्ट्रिय बजारमा सुनले नयाँ रेकर्ड बनाएकाे हाे। त्यसकाे प्रभाव शुक्रबार नेपाली बजारमा देखिएको व्यवसायिहरु बताउँछन् ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।