काठमाडौं । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ ।
शनिबार साँझ ६ः४० मा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको हाे ।
दुर्घटनामा घाइते भएका भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमारकाे उपचारकाे क्रममा मृतुम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियाे ।
घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ ।

























