काठमाडौं । पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।
दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएकि छिन्।
उनकाे अवस्था सामान्य छ। दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।