दशैंमा उपत्यकाभित्र भएका दूर्घटनामा १० ले गुमाए ज्यान

काठमाडौं, २ कात्तिक । यस वर्षको दशैंको अवधिभर काठमाडौँ उपत्यकाभित्र भएका दूर्घटनमा १० जनाले ज्यान गुमाएका छन् ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म कूल ३५० सवारी दुर्घटना भएका छन् । त्यसमध्ये १० जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको छ ।

ती दूर्घटनमा परी १४ जना गम्भीर घाइते भएका छन् भने ३ सय ४ जना सामान्य घाइते भएको तथ्यांक रहेको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्र गति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए । गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए ।

आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए । महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ ।

गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here