काठमाडौं । पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।
त्यस्तै चितवन भरतपुर १७० एक्यूआई सहित दोस्रो नम्बरमा छ ।
भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थान र रत्नपार्क वायु प्रदूषण १५१ एक्यूआई सहिथ पाँचौ स्थानमा छ ।
हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
वातावरण विभागले मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।
आईक्यू एअरका अनुसार काठमाडौं १६१ एक्यूआईसहित विश्वकै सातौं प्रदूषित सहर बनेको छ ।
।
[…] […]